• २०८१ बैशाख १७ सोमबार

कंगोमा कार्यरत नेपाली सैनिकको मृत्यु

kharibot

काठमाडौँ ।  कंगोमा कार्यरत नेपाली सैनिकको मृत्यु भएको छ ।  नेपाली सेनाले दिएको जानकारी अनुसार संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि कंगोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौँ डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार निधन भएको हो  ।

खोटाङको फक्टाङ्ग गाउँपालिका- ८ निवासी राई ट्याक्टिकल अपरेटिंग बेस जिनामा कार्यरत रहँदा विरामी भई थप उपचारका लागि कंगोको बुनियास्थित अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको हो ।

स्वर्गीय राईको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै