• २०८१ बैशाख १७ सोमबार

भान डाइकको गोलमा ग्रिसमाथि नेदरल्याण्डसको जित

kharibot

काठमाडौँ । नेदरल्याण्डसले युरोकप छनौट अन्तर्गत ग्रिसमाथि रोमान्चक जित हासिल गरेको छ ।

समुह बी अन्तर्गत गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले ग्रीसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ९३औं मिनेटमा भिर्गिल भान डाइकले पेनाल्टीमार्फत गोल गर्दै नेदरल्याण्डसलाई जित दिलाएका थिए ।

यो जितपछि नेदरल्याण्डस समुह बी मा ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी ७ खेलमा १२ अंक नै रहेको ग्रिस तेस्रो स्थानमा छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै