काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ ।
मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जानकारी दिएको हो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी शाहले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले सूचना प्रकाशित गरेको जानकारी दिएको हो । शाह अहिले उनी उनका पति प्रभु शाहले खोलेको नयाँ पार्टी आम जनता पार्टीमा आबद्ध छिन् ।