काठमाडौँ । चेल्सीले म्यानचेस्टर युनाइटेडलाई हराउदै एफए कपको उपाधि जितेको छ ।
गएराती भएको फाइनल खेलमा चेल्सीले इडेन हजार्डले पेनाल्टी मार्फत गरेको एक मात्र गोलले चेल्सीले युनाइटेडलाई हराउदै उपाधि जितेको हो ।
खेलको २२औ मिनेटमा युनाइटेडका फिल जोन्सले हजार्डलाई डी-बक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई हजार्डले गोलमा परिणत गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र चेल्सीले खेल जित्यो ।
रियल म्याड्रिड जान खोजेको रिपोर्ट आइरहेका हजार्डको चेल्सीमा यो अन्तिम खेल र उपाधिको रुपमा हेरिएको छ ।
चेल्सीले यो सँगै अठौ पटक एफए कपको उपाधि जितेको छ । यसअघि चेल्सीले सन २०१२ मा एफए कपको उपाधि जितेको थियो । एफकपको उपाधि सबैभन्दा बढी आर्सनलले १३ पटक जितेको छ भने म्यानचेस्टर युनाइटेडले १२ र टोटनह्यामले ८ पटक जितेको छ ।