• २०८१ बैशाख २१ शुक्रबार

एभरेष्ट बैंकले कति दिने भयो लाभांश ?

kharibot

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न साधारण–सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९-८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ । 

साधारण सभाले शेयरधनीहरुलाई आब २०७९-८० का लागि १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्दि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । 

बैंकको साधारण सभाले आब २०८०-८१ को लागि श्री एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै