• २०८१ बैशाख १६ आइतबार

सिजी ब्रुअरीमा मजदुरको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप

kharibot

चितवन । पूर्वी नवलपरासीको दुम्कौलीस्थित सिजी ब्रुअरीमा मजदुरले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको छ । बुधबार राति प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेपछि १० मजदुर घाइते भएका हुन् ।

नेपाल कारखाना श्रमिक सिजी ब्रुअरीले जारी गरेको विज्ञप्तिमा प्रहरी हस्तक्षेपबाट १० मजदुर घाइते भएको र विभिन्न अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।

प्रहरीले बुधबार राति लाठि चार्ज गर्दा त्यहाँ कार्यरत मजदुरहरु चुनबहादुर सुनारी, शुकबहादुर माकिम, लक्ष्मण कोइराला, कृष्ण श्रेष्ठ, अरुण चौधरी, अर्जुन विक, मनिष पंज्ञेनी, सुशील पण्डित, मनिषा देवकोटा, निरज काफले घाइते भएका हुन् ।

दसैंको बेलामा हरेक वर्षझैं यो वर्ष पनि नगद बोनस पाउनुपर्ने माग राख्दै बुधबार बिहानबाट त्यहाँका मजदुर आन्दोलमा उत्रिएका छन् । मजदुरहरुले बियर उत्पादनमा बाधा नगरि शान्तिपूर्ण आन्दोलन गर्दा कारखाना व्यवस्थापनले प्रहरी बोलाएर कुटपिट गराएको मजदुरहरुले बताएका छन् । ब्रुअरीमा ३२५ मजदुर कार्यरत छन् । सिजी ब्रुअरीले नेपाल आइसलगायतका बियर उत्पादन गर्दै आएको छ ।

मजदुरहरुले बिहीबार पनि आन्दोलन जारी राखेका छन् । पटकपटक झडप भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई चौधरी उद्योगमा तैनाथ गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै