• २०८१ बैशाख १७ सोमबार

'कपिल शर्मा शो' कहिले आउछ ?

kharibot

मुम्बई । जुलाईको अन्तिम साताबाट बन्द भएको ‘द कपिल शर्मा शो’ फेरी कहिले आउछ भन्ने अन्योल जारी रहेको छ । यसअघि तीन महिनाको ब्रेकपछि पुनरागमन गर्ने योजना रहेपनि अब यो शो अर्को बर्षमात्र आउने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार कपिलको नयाँ प्रोजेक्टले यो शो को पुनरागमनको ढिलाई भएको बताइएको छ ।

जब कपिलले शोबाट ब्रेक लिने निर्णय गरे, तब उनले यो ब्रेक ३ महिनाको लागि मात्र चाहेका थिए । त्यतिबेला कपिल आफ्नो अन्तर्राष्ट्रिय भ्रमणमा व्यस्त थिए । कपिलको व्यावसायिक प्रतिबद्धतालाई ध्यानमा राखिएको थियो । च्यानलले उनलाई ३ महिनाको ब्रेक लिएर नोभेम्बर महिनामा शोमा फर्कन भनेको थियो  तर यसैबीच कपिलले नयाँ प्रोजेक्ट साइन गरेर निर्मातालाई चकित पारेका थिए ।

कार्यक्रमको अन्तिम एपिसोड २३ जुलाई २०२३ मा प्रसारण भएको थियो।

कपिलले नेटफ्लिक्ससँग कमेडी च्याट शो साइन गरेका छन् जुन करिब ३ महिनासम्म चल्नेछ । नेटफ्लिक्सको सम्झौता अनुसार कपिल उनीहरुको बाहेक अरु कुनै टिभी कार्यक्रमको हिस्सा बन्न सक्दैनन् । कपिल विथ नेटफ्लिक्सको यो लामो इनिङ्सलाई ध्यानमा राख्दै च्यानलले अब अर्को वर्षको मार्च महिनामा शोमा पुनरागमन गर्ने सोच बनाएको छ । 

कपिल शर्मा र नेटफ्लिक्सको सम्बन्धको बारेमा कुरा गर्दै, कपिलले यस प्लेटफर्मको लागि कमेडी च्याट शोमा काम गरिरहेका छन् जसमा विभिन्न क्षेत्रका ठूला नामहरू समावेश हुनेछन् । प्रारम्भिक योजना अनुसार निर्माताले १५ वटा एपिसोड प्रशारण गर्नेछन् । गत वर्ष, कपिल शर्माले नेटफ्लिक्स कमेडी विशेष, 'आई एम नट डन यट' मार्फत डिजिटल स्पेसमा प्रवेश गरेका थिए । कार्यक्रममा उनले आफ्नो जीवनका धेरै रोचक कथाहरुका बारेमा विस्तृत रुपमा कुरा गरेका थिए र यसलाई दर्शकहरुले निकै रुचाएका थिए ।

कपिल हालै नन्दिता दासको ड्रामा फिल्म ‘जुङ्गाटो’ मा देखिएका थिए जसमा उनले फुड डेलिभरी एक्जीक्युटिभको भूमिका निभाएका थिए । चलचित्रले समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपनि बक्स असिफमा भने फ्लप भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै