• २०८१ बैशाख १७ सोमबार

कोलम्बियाका फुटबलर लुइस डियाजका आमा बाबुको अपहरण

kharibot

काठमाडौँ । लिभरपुलबाट खेल्ने कोलम्बियाका लेफ्ट विंगर लुइस डियाजका आमा बाबु अपहरणमा परेका छन् ।

कोलम्बियाको उत्तरी ला गुआजिरा प्रान्तको बारान्कास नगरपालिकाबाट डियाजका आमा बाबुलाई मोटरसाइकलमा आएका बन्दुकधारीले अपहरण गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको थियो ।

यसैबीच कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले डियाजकी आमालाई अपहरण मुक्त गरिएको जानकारी दिएका छन् भने प्रहरीले उनका बाबुको खोजी गरिरहेको बताएका छन् ।

२६ वर्षीय डियाजका आमाबुवालाई उनीहरू घरतिर लाग्दा मोटरसाइकलमा सवार बन्दुकधारीहरूले उनीहरूलाई रोकेर गाडी राखेर लगेका थिए । कोलम्बियाको फुटबल महासंघले अपहरणको घटना खेदजनक भएको र बाबुलाई उद्धार गर्न अधिकारीहरूलाई आग्रह गरेको छ ।

लिभरपुलबाट खेलिरहेका डियाजले अहिलेसम्म ५८ खेलमा १४ गोल गरेका छन् भने कोलम्बियाका लागि ४३ खेलमा ९ गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै