• २०८१ बैशाख १६ आइतबार

अमेरिकी राष्ट्रपतिको उम्मेदवारीबाट पछि हटे माइक पेन्स

kharibot

वाशिंगटन । पूर्व उपराष्ट्रपति माइक पेन्सले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको दौडबाट  आफूलाई टाढा राखेका छन् । पेन्सले लस भेगासमा रिपब्लिकन डेभिस गठबन्धनमा भएको राष्ट्रपति चुनावको उम्मेदवारीबाट आफूलाई फिर्ता लिएको घोषणा गरेका हुन् ।

उनले भने- 'मलाई थाहा छ यो धेरै गाह्रो काम हुनेछ, तर मलाई कुनै पछुतो छैन । यो हाम्रो समय होइन ।'

पेन्स पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानबाट आफूलाई टाढा राख्ने पहिलो प्रमुख रिपब्लिकन उम्मेद्वार हुन् । उनलाई रिपब्लिकन मतदाताको समर्थन जुटाउन समस्या भइरहेको थियो । उनले लेखेका छन्, ‘म यो अभियान छोड्दैछु, तर परम्परागत मूल्य मान्यताका लागि लडिरहनेछु ।'

कानुनी अड्चनका बाबजुत २०२४ को राष्ट्रपति उम्मेदवारका लागि रिपब्लिकनबाट ट्रम्पले राम्रो समर्थन पाइरहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै