• २०८१ जेठ २ बुधबार

सर्वोच्चको फैसलाले बेथितिलाई लगाम लगायो- महामन्त्री शर्मा

kharibot

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले योगराज ढकाल रिगललाई दिएको आममाफी बद्र गर्ने सर्वोच्च अदालतको आदेशले बेथितिलाई लगाम लगाएको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले सर्वोच्च अदालतले आज 'कैद छुट दिँदा पीडितको सहमति अनिवार्य हुनुपर्ने' जो फैसला गर्‍यो, त्यसले बेथितिलाई लगाम लगाउँदै 'थिती' विकासमा योगदान गरेको टिप्पणी गरेका हुन् । 

महामन्त्री शर्माले केहि दिनअघि मिडियामा बोल्दै कसैलाई माफी दिने हो भने पीडित परिवारको सहमति अनिवार्य गर्न जरुरी रहेको धारणा राखेका थिए ।

महामन्त्री शर्माले भनेका छन्- 

सम्मानित सर्वोच्च अदालतले आज 'कैद छुट दिँदा पीडितको सहमति अनिवार्य हुनुपर्ने' जो फैसला गर्‍यो, त्यसले बेथितिलाई लगाम लगाउँदै 'थिती' विकासमा योगदान गरेको छ ! जय होस् !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै