• २०८१ जेठ २ बुधबार

सर्वोच्चको आदेशपछि पक्राउ परे रिगल

kharibot

काठमाडौं । आममाफी पाएका योगराज ढकाल ‘रिगल’ पुन: पक्राउ परेका छन् । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले नेपालगन्जबाट रिगललाई पक्राउ गरेको प्रहरी स्रोतले खरीबोटलाई जानकारी दिएको छ ।

विहिबार सर्वोच्च अदालतको पूर्ण इजलासले बाँकी कैद माफी गर्ने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर कैद  सजाय पुरा गराउन सरकारका नाममा परमादेश जारी गरेको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै