• २०८१ जेठ २ बुधबार

रिगल बाँके कारागार चलान

kharibot

बाँके । सर्वोच्चले कैद माफी बदर गरेलगत्तै बाँके प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा रहेका रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालतको आदेश लिएर बाँके कारागार चलान गरिएको छ ।

सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु विक चोकबाट पक्राउ गरेको थियो । प्रहरीले जिल्ला अदालतको आदेशपछि रिगललाई बाँके कारागार चलान गरेको हो ।

विहिबार सर्वोच्चको पूर्ण इजलासले रिगलको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गरेर भुक्तान गर्न बाँकी रहेको ११ बर्ष ११ महिना ५ दिनको सजाय पुरा गराउन परमादेश दिएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै