• २०८१ बैशाख १९ बुधबार

भूकम्पबाट भएको क्षतिप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

kharibot

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि भारत सरकार तयार रहेको बताएका हुन् । प्रधानमन्त्री मोदीले भारत नेपाली जनतासँगै रहेको र आवश्यक सबै सम्भव सहयोग गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

उनले भूकम्पमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

गएरातिको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण विशेष गरी जाजरकोट र रुकुमपश्चिममा एक सयभन्दा बढीको ज्यान गएको छ भने भौतिक क्षति भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै