• २०८१ बैशाख १६ आइतबार

पूर्वराष्ट्रपति डा. यादवद्वारा भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त

kharibot

काठमाडौँ  । पूर्वराष्ट्रपति डा रामवरण यादवले रुकुम पश्चिम र जाजरकोटामा गए राति गएको भूकम्पबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वराष्ट्रपति यादवले राज्यका सबै निकाय तदारुकताकासाथ परिचालित भई पीडित परिवारको तत्काल उद्धार र राहत कार्यलाई प्रभावकारी तुल्याउन सबै तह र तप्कालाई सुझाव दिए ।

भूकम्पमा परी निधन भएका प्रति श्रद्धान्जली व्यक्ति गर्दै पूर्वराष्ट्रपति डा यादवले शोकसन्तप्त परीवारजनप्रति समवेदना प्रकट गरेका छन् । घाइतेको तत्काल प्रभावकारी र शीघ्र उपचारका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै