काठमाडौँ । नेपालले तेस्रो विकेट लिएको छ । नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको ओमानले १६औं ओभरमा तेस्रो विकेट गुमाएको हो ।
२६ रन बनाएर खेलिरहेका ओमानका कप्तान जीशान मक्सुदलाई विवेक यादवले आउट गरेका हुन् । यस अघि सोमपाल कामी र गुलशन झाले एक एक विकेट लिएका थिए ।
यो समाचार तयार गरुन्जेल ओमानले १५.२ ओभरमा ३ विकेट गुमाएर १३६ रन बनाएको छ ।