• २०८१ बैशाख १६ आइतबार

अहिले निर्वाचनको समय होइन- जेलेन्स्की

kharibot

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् छ ।

सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध होमिएको युक्रेनमा निर्वाचन गर्ने सही समय नभएको उनको भनाइ थियो । 

गत वर्ष द्वन्द्व सुरु भएदेखि मार्सल लअन्तर्गत आगामी वसन्तमा हुने राष्ट्रपति निर्वाचनसहित सबै निर्वाचन प्राविधिकरूपमा रद्द गरिएको छ ।

“अहिले रक्षा र युद्धको समय हो भन्ने हामीले निर्धारण गर्नुपर्छ । यसमा राज्य र जनताको भाग्य निर्भर छ”, आफ्नो दैनिक सम्बोधनमा उनले भने । 

उनले देशलाई विभाजित गर्ने नभएर एकताबद्ध हुने समय भएको बताउँदै भने, “अहिले निर्वाचनका लागि सही समय होइन भन्ने मेरो विश्वास छ ।”

युक्रेनमा रुसी सेना पसेसँगै युक्रेनी सेनाले जवाफी हमला गरे पनि युद्धरत दुवै पक्षबीच सीमा रेखा करिब एक वर्षदेखि स्थिर रहेको छ ।

युक्रेनका प्रमुख सहयोगी अमेरिका र युरोपका अधिकारीहरूले २० महिनादेखि जारी सङ्घर्ष अन्त्यका लागि कुराकानी गर्न सुझाव दिएको बताइएको छ । 

तर युक्रेनको जवाफी हमलामा गतिरोध उत्पन्न भएको वा पश्चिमी मुलुक वार्तामा प्रवेश गर्न किएभतिर फर्केको भन्ने कुरालाई राष्ट्रपति जेलेन्स्कीले ठाडै अस्वीकार गरेका छन् ।

अमेरिका र अन्य सहयोगीहरूले आवश्यकता भएसम्म रुसलाई पराजित गर्न किएभलाई सैन्य र वित्तीय सहयोग जारी रहने सार्वजनिकरूपमा भन्दै आएका छन् ।

अक्टोबर ७ मा इजराइलमाथि हमासले आक्रमण गरेपछि विश्वको ध्यान मध्यपूर्वतर्फ मोडिएसँगै जेलेन्स्की तीव्र दबाबमा परेका छन् ।

सन् २०१९ को निर्वाचनबाट निर्वाचित राष्ट्रपति जेलेन्स्कीले आवश्यक परेको अवस्थामा आगामी वर्ष राष्ट्रिय निर्वाचन गराउन आफू तयार रहेको सेप्टेम्बरमा बताएका थिए । उनले निर्वाचनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई अनुमति दिने पक्षमा आफू रहेको समेत उल्लेख गरेका थिए ।

विदेशमा ठूलो सङ्ख्यामा युक्रेनी र युद्ध मोर्चामा लडिरहेका सैनिकका कारण निर्वाचन गराउन तार्किकरूपमा कठिन हुनसक्छ ।

युद्ध सुरु भएपछि जेलेन्स्कीको अनुमोदन मूल्याङ्कन उच्च थियो तर युद्धमा एकताबद्ध शक्ति भए पनि मुलुकको राजनीतिक परिदृश्य अस्थिर भएको छ ।

रुसविरुद्ध जवाफी हमला सुस्त गतिमा भएकामा जेलेन्स्कीको आलोचना गरेपछि राष्ट्रपतिका पूर्वसहयोगी ओलेक्सी एरोस्टोभिचले आफ्ना पूर्वप्रमुखसँग निर्वाचनमा लड्ने घोषणा गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय