• २०८१ बैशाख १७ सोमबार

युट्युबर मनोज मानव पक्राउ

kharibot

काठमाडौँ । युट्युबर मनोज मानव पक्राउ परेका छन् । साइबर ब्यूरोले मनोजलाई बुधबार राति पक्राउ गरेको जानकारी दिएको हो । 

उनलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान अगर्ण अनुमति दिएको ब्यूरोले जानकारी दिएको छ ।

मनोज मानव भनेर चिनिने मनोज कुमार महतोले आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा मनोजलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउने महतोले व्यक्तिगत चरित्रहत्या हुने प्रकृतिको विषयवस्तु प्रकाशन तथा प्रशारण गरेको, अन्य व्यक्तिसँगको तस्बिर र भिडियो जोडेर चरित्रहत्या गरेको भन्दै ब्यूरोमा उजुरी आएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै