• २०८१ बैशाख १५ शनिबार

राप्रपाका केन्द्रीय सदस्य र पोखरा महानगर अध्यक्ष राप्रपा नेपालमा प्रवेश

kharibot

पोखरा । राप्रपाका केन्द्रीय सदस्य जयलाल पुन र पोखरा महानगर अध्यक्ष महेश्वर आचार्य राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

राप्रपा कास्कीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु शुक्रबार आयाेजित कार्यक्रममा राप्रपा नेपाल प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गर्दै राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनितिमा बैकल्पिक शक्तिको रुपमा  स्थापित गरेरै छाड्ने दृढता ब्यक्त गर्दै जनआन्दोलनको तयारीमा जुट्न सबैलाई आग्रह गरे ।

सो अवसरमा कांग्रेस कास्कका पूर्वकोषाध्यक्ष ऋषि सापकोटा, खेम बहादुर गुरुङ ,गुरुदत्त पहाडी , बिराज कार्की लगायत राप्रपा नेपाल प्रवेश गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय