• २०८१ बैशाख १६ आइतबार

उत्तराखण्डको सुरुङमा फसे झन्डै ६० मजदुर, निकाल्ने प्रयास जारी

kharibot

नयाँदिल्ली । उत्तराखण्डमा निर्माणाधीन सुरुङ भाँचिएपछि ५० देखि ६० जना मजदुर सुरुङमा फसेका छन् । अहिले सुरुङबाट कामदारलाई सकुशल बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

जेसीबी मेसिनबाट सुरुङ खोल्ने प्रयास भइरहेको छ । राति अबेरसम्म सुरुङ फुटेपछि कामदारहरु यसमा फसेका थिए ।  यमुनोत्री राष्ट्रिय राजमार्गमा यो दुर्घटना भएको हो ।

निर्माणाधीन सुरुङको एक भाग भत्किँदा यो दुर्घटना भएको हो । दुर्घटनाको खबर पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । तर, अहिलेसम्म कसैको ज्यान गएको खबर आएको छैन । तर सुरुङमा फसेका मजदुरको ज्यान जोखिममा छ । उनको ज्यान जोगाउन हरसम्भव प्रयास भइरहेको छ ।

यसैबीच, उत्तराखण्ड सरकार र प्रशासनको टोलीले उत्तरकाशीमा उद्धार कार्य गरिरहेको छ। कामदारलाई श्वासप्रश्वासमा समस्या नहोस् भनेर अक्सिजन सिलिन्डर समेत उपलब्ध गराइएको छ । हालसम्मका समाचार अनुसार सबै मजदुर सकुशल नै रहेका छन् ।

६ दिनअघि पनि दुर्घटनाः 

आज भन्दा ६ दिन अगाडि अर्थात् नोभेम्बर ६ मा उत्तराखण्डमा अर्को दुर्घटना भएको थियो । 

ऋषिकेश–कर्णप्रयाग रेलमार्ग आयोजनाको सुरुङमा आगलागी भएको थियो । त्यतिबेला साइटमा ४० जना काम गरिरहेका थिए। उक्त घटना सुरुङ नं १५ मा भएको प्रमुख आयोजना प्रबन्धक अजितसिंह यादवले बताए । आगो लाग्ने बित्तिकै सबैलाई सुरुङबाट बाहिर निकालेर दुर्घटना हुनबाट जोगिएको सौभाग्य थियो । आगोबाट सबै सकुशल बचेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय