• २०८१ बैशाख १७ सोमबार

पुर्व प्रधानमन्त्री डेविड क्यामरुन बेलायतको विदेशमन्त्री नियुक्त

kharibot

काठमाडौँ । पुर्व प्रधानमन्त्री डेविड क्यामरुन बेलायतको विदेशमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री ऋषि सुनकले आज सरकार पुनर्गठन गर्दै ५७ बर्षिय पुर्वप्रधानमन्त्री डेविड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेको बिबिसीले उल्लेख गरेको छ ।

योसँगै अब विदेशमन्त्रीको रुपमा क्यामरुनले जेम्स क्लेभेर्लीको स्थान लिने छन् । क्यामरुन २०१० देखि २०१६ सम्म बेलायतको प्रधानमन्त्री बनेका थिए ।

विदेशमन्त्रीमा नियुक्त भएपछि क्यामरुनले आफ्नो ६ बर्षको प्रधानमन्त्रीको र ११ बर्ष पार्टीको नेताको अनुभव अहिलेको सरकारमा सदुपयोग गर्न र प्रधानमन्त्री सुनकलाई सहयोग गर्न सरकारमा आएको बताए । उनी बेलायतको राष्ट्रिय राजनीतिबाट पछिल्लो ७ बर्ष बाहिर थिए ।

त्यसैगरी उनले प्रधानमन्त्री सुनकसँग व्यक्तिगत रुपमा आफ्नो मतभेद भएपनि आफु उनलाई सरकारमा सहयोग गर्न आएको प्रतिक्रिया दिए ।

 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै