• २०८१ बैशाख २३ आइतबार

हङकङ महिला टी-२० सिरिज: आज नेपालले तान्जानियाको सामना गर्दै

kharibot

काठमाडौँ । आजदेखि हङकङमा चार देश सम्मिलित महिला टी-२० सिरिजको शुरुवात हुदै छ । नोभेम्बर १५ देखी १९ सम्म हङहङमा हुने यस सिरिजमा नेपालसहित हङकङ, तान्जानिया र जापान खेल्दै छन् ।

आज नेपालको सामना तान्जानियासँग हुने भएको छ  । यो खेल नेपाली समय अनुसार विहान ७: १५ बजेदेखि शुरु हुने छ ।

त्यस्तै आजै हङकङ र जापानको महिला टिमले प्रतिष्पर्धा गर्दै छन्  ।  

नेपालले दोस्रो खेल हङकङसँग विहिबार खेल्ने छ भने तेस्रो खेल जापानसँग शनिबार खेल्ने तालिका रहेको छ । चार देश एकअर्काविरुद्ध एक एक पटक खेलेपछि शिर्ष दुई टोलिले फाइनल खेल्ने छन्  । फाइनल खेल आइतबार हुने छ भने तेस्रो र चौथो हुने देश तेस्रो स्थानका लागि आइतबार नै खेल्ने छन्  ।  

यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्मालाई कप्तान बनाएको छ  । पछिल्लो ११ बर्ष नेपाली महिला टिमको कप्तानी गरेकी रुबिना क्षेत्रीको ठाउमा बर्मालाई पहिलो पटक कप्तान बनाइएको हो । कप्तानबाट हटेपनि रुबिना टिममा रहेकी छन्  ।

नेपाली महिला टिम: इन्दु बर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर,  संगिता राई, अश्मिना कर्माचार्य, पुजा महतो, काजोल श्रेष्ठ, कंचन श्रेष्ठ, सोमु बिष्ट, रोमा थापा, खुशी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै