• २०८१ बैशाख २३ आइतबार

तान्जानियाले नेपाललाई दियो ११६ रनको लक्ष्य

kharibot

काठमाडौँ । तान्जानियाले नेपाली महिला टिमलाई ११६ रनको लक्ष्य दिएको छ ।

हङकङमा आजदेखि शुरु भएको चार देशीय महिला टी-२० सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै तान्जानियाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो ।

तान्जानियाका लागि हुडा ओमारीले २५, आइशा मोहमदले २१, साउम माटएले १६ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर संगीता राईले २ विकेट लिएकी थिइन् भने पुजा महतो, रुबिना क्षेत्री र् इन्दु बर्माले एक एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै