• २०८१ बैशाख २३ आइतबार

चारदेशीय महिला टी-२ सिरिजमा नेपालको खराब शुरुवात, तान्जानियासँग पराजित

kharibot

काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजको पहिलो खेलमा तान्जानियासँग पराजित भएको छ ।

तान्जानियाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपाल १६.५ ओभरमा अल आउट हुदै ८८ रन मात्र बनाएपछि तान्जानिया २७ रनले विजयी भएको हो ।

नेपालका लागि सिता राना मगरले सर्बाधिक ४३ रन बनाइन भने कप्तान इन्दु बर्माले १५ रन बनाएकी थिइन् । यी दुई बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

यसअघि तान्जानियाले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

अब नेपालले अर्को खेल विहिबार हङकङसँग विहिबार खेल्ने छ भने तेस्रो खेल जापानसँग शनिबार खेल्ने तालिका रहेको छ । चार देश एकअर्काविरुद्ध एक एक पटक खेलेपछि शिर्ष दुई टोलिले फाइनल खेल्ने छन्  । फाइनल खेल आइतबार हुने छ भने तेस्रो र चौथो हुने देश तेस्रो स्थानका लागि आइतबार नै खेल्ने छन्  ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै