काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिज अन्तर्गत आज नेपाल तेस्रो स्थानका लागि जापानविरुद्ध खेल्दै छ । नेपाल समुह चरणका खेलमा एक जितसहित तेस्रो र जापान चौथो भएपछि तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् ।
नेपालले जापानलाई नै शनिबार पराजित गरेको थियो भने नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो ।
अब आज नेपालले जापानसँग नेपाली समय अनुसार ७: १५ बजेदेखि खेल्दै छ ।
त्यस्तै हङकङले सबै तीन खेल जितेर पहिलो हुदै र तान्जानिया २ जितसहित दोस्रो हुदै फाइनलमा पुगेका छन् ।
आज उपाधिका लागि फाइनलमा हङकङ र तान्जानियाबीच हुदै छ । फाइनल खेल नेपाल इसम्य अनुसार ११: ४५ बजेदेखि शुरु हुदैछ ।
नेपाली महिला टिम: इन्दु बर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, संगिता राई, अश्मिना कर्माचार्य, पुजा महतो, काजोल श्रेष्ठ, कंचन श्रेष्ठ, सोमु बिष्ट, रोमा थापा, खुशी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन ।