• २०८१ बैशाख २८ शुक्रबार

माओवादी केन्द्र र नेसपाबीच एकता प्रक्रिया अघि बढ्यो

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको पार्टी एकता वार्ता समितिको बैठकले नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने निर्णय गरेको छ । 

आइतबार बसेको पार्टी एकता संयोजन समिति बैठकले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरेको हो । 

माओवादी केन्द्र वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टी वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्ति :

आज मिति २०८० मङसिर ३ गते नेकपा (माओवादी केन्द्र) र ने.स.पा. बिचको पार्टी एकता वार्ता समितिको बैठक बस्यो । बैठकको प्रारम्भमा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ भयो । बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्न लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै