• २०८१ बैशाख २१ शुक्रबार

रूकुम पश्चिममा जीप दुर्घटना, २२ जना घाइते

kharibot

सुर्खेत । रूकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका-८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको थियो ।

जिपमा २२ जना यात्रु सवार रहेको र ती सबै घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूको उद्धार गरी अहिले  चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण स्पष्ट नाभ्य्येको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै