• २०८१ बैशाख १८ मंगलबार

नयाँ कार्यालयमा सरेपछि प्रधानमन्त्री प्रचण्डको टिप्पणी- यो ठाउमा दिमाग अलि बढी फुर्छ होला !

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारको पुरानो भवनमा आफ्नो कार्यालय सरेका छन् । भूकम्पले क्षति पुगेको यस भवनको रेक्ट्रोफिटिङ पछि आजदेखि प्रधानमन्त्रीको कार्यालय यस भवनमा सारिएको हो । 

आफ्नो नयाँ कार्यालयमा सरेपछि प्रधानमन्त्री प्रचण्डले खुला ठाउ रहेकोले यस ठाउमा नयाँ कुरा फुर्न सक्ने टिप्पणी गरेका छन् ।  उनले भने- ' मलाई अहिले भैरहेको ठाउँमा बस्दा अलि गुम्म लाग्नुका साथै त्यति ताजकी महशुस नभए जस्तो लाग्थ्यो । यो ठाउँमा आउँदा चैं अलिकति सबैतिर हेर्न पाइने भएको छ । बरन्डामा पनि निस्केर हेर्न मिल्ने र फराकिलो सबै कारणले यहाँ दिमाग अलि बढी फुर्छ होला भन्ने मैले महशुस गरेको छु ।' 

१२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको तस्तै राखेर पुनर्निमाण सम्पन्न भएपछि प्रधानमन्त्रीको कार्यालय आजदेखि संचालन गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै