• २०८१ बैशाख १७ सोमबार

रोनाल्डोमाथि बलात्कारको आरोपको अपिल अमेरिकी अदालतद्वारा खारेज

kharibot

काठमाडौँ । अमेरिकाको एक अदालतले फुटबलर क्रिस्टियानो रोनाल्डोलाई बलात्कारको आरोप लगाउने युवतीको अपिललाई अस्वीकार गरेको छ ।

काथ्रिन मायोर्गा नाम गरेकी युवतीले रोनाल्डोमाथि २००९ मा आफुलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । सो प्रकरणमा रोनाल्डोले मायोर्गालाई उनका वकिल मार्फत करिब ५ करोड रकम दिएका थिए ।

यो प्रकरणमा अदालत गएकी मायोर्गाको मुद्धा २०१८ मा फेरी अनुसन्धान भएपछि २०२२ मा लस भेगासको अदालतले खारेज गरिदिएको थियो । मायोर्गा रोनाल्डोले थप रकम दिनुपर्ने र अदालतको निर्णय उल्टिनुपर्ने माग गर्दै अपिल अदालतमा गएकी थिइन् । अब अपिल अदालतले उनको मुद्धा खारेज गर्दै उनको दाबि नपुग्ने बताएको छ । अदालतले मयोर्गाले रोनाल्डोसंग २०१० मा एक गोप्य सम्झौता गर्दै रकम बुझेको र सो गोप्य सम्झौता सार्बजनिक गरेको बताएको छ ।

मयोर्गा एक पूर्व शिक्षक र मोडल हुन् । उनी २००९ मा २५ बर्षको उमेरमा लास भेगासमा नाइटक्लबमा रोनाल्डसँग भेटेकी थिइन् । त्यसपछि उनी अन्य साथीहरुसहित रोनाल्डोको होटलमा गएकी थिइन् । सोहि बेला रोनाल्डोले उनलाई बलात्कार गरेको आरोप उनले आफ्नो मुद्धामा लगाएकी थिइन् ।

तर रोनाल्डोले भने सहमतिमा भएको भन्दै २०१० मा एक गोप्य सम्झौता गर्दै उनलाई ३ लाख ७५ हजार डलर भुक्तानी गरेका थिए । तर मयोर्गाले भने रोनाल्डोले आफुलाई २५ मिलियन डलर भुक्तानी दिनुपर्ने भन्दै अदालत गएकी थिइन् । तर अहिले मयोर्गाका वकिल लेसली स्टोभालले पनि यस प्रकरणमा गलत तरिका अपनाएको भन्दै अदालतले ३ लाख ३५ हजार डलर जरिवाना लगाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै