• २०८१ बैशाख २० बिहीबार

रणवीरको एनिमलको आक्रामक बुकिङ

kharibot

मुम्बई । रणवीर कपूर, अनिल कपूर, बबी देओल र रश्मिका मन्डन्ना स्टारर एनिमल र विक्की कौशलको फिल्म साम बहादुर डिसेम्बर १ मा सिनेमाघरमा रिलिज हुने तयारीमा छ, जसको क्रेज सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ ।

जति दिन नजिकिँदै छ, फ्यानहरू बक्स अफिसमा एनिमल कि साम बहादुरबीच कसले बाजी मार्छ भन्ने जान्न उत्सुक छन् । यसैबीच दुवै चलचित्रको अग्रिम बुकिङ सुरु भइसकेकाले सामबहादुरसँग एनिमल धेरै अगाडी बढेको मिडिया रिपोर्टमा उल्लेख छ ।

बक्स अफिस ट्र्याकर सकनिल्कको तथ्याङ्क अनुसार, एनिमलले भारतभर १ लाख ११ हजार टिकटहरू बेचिसकेको छ, जसमा हिन्दीमा ९०५२६ टिकटहरू, तेलुगुमा २०५९१ टिकटहरू र तमिलमा २०० टिकटहरू छन्। जसका कारण फिल्मले अग्रिम बुकिङमा नै ३.४ करोड भारु कमाई गरिसकेको छ । 

यसपछि यो फिल्म रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनिङ हुने अनुमान गरिएको छ । तीन घण्टा लामो फिल्म एनिमलले ‘ए’ रेटिङ पाएको भए पनि ट्रेलरले पनि निकै माया पाइरहेको छ ।

उता, साम बहादुरको कुरा गर्ने हो भने विक्की कौशलको फिल्मले रिलिज अगावै १२ हजार ८७६ टिकट बिक्री गरिसकेको छ भने अग्रिम बुकिङ कलेक्सन ४४ लाख ७१ हजार पुगेको छ । जबकि यो एनिमलको तुलनामा धेरै कम छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै