• २०८१ बैशाख १५ शनिबार

युगाण्डा टी- २० विश्वकप छनौट नजिक

kharibot

काठमाडौँ । अफ्रिकी क्षेत्रबाट युगाण्डा टी- २० विश्वकप छनौटको नजिक पुगेको छ । अफ्रिकाबाट दुई देश छनौट हुनेमा नामिबियाले यसअघि नै आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने अब अर्को स्थानका लागि युगाण्डाले आफ्नो अन्तिम खेल जित्नुपर्ने भएको छ ।

युगाण्डाको ५ खेलमा ८ अंक रहेको छ भने अहिले दोस्रो स्थानमा रहेको छ ।

युगाण्डाले टी- २० विश्वकप छनौटमा अहिलेसम्म ५ खेलमा ४ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । युगाण्डाले तान्जानिया, जिम्बाबे, नाइजेरिया र केन्यालाई पराजित गरेको थियो भने नामिबियासँग पराजित भएको थियो ।   

त्यस्तै जिम्बाबे र केन्या ५-५ खेलमा ६-६ अंकसहित क्रमश: तेस्रो र चौथो स्थानमा रहेका छन् ।

अब विश्वकप छनौटका अन्तिम खेलमा आज युगाण्डाले रुवाण्डाको सामना गर्दै छ । युगाण्डाले रुवाण्डालाई पराजित गरेमा सिधै विश्वकपमा छनौट हुने छ भने जिम्बाबे र केन्या विश्वकपमा छनौट हुन असफल हुने छन् । ७ देशले विश्वकपको छनौटमा भाग लिएकोमा रुवाण्डा, तान्जानिया, नाइजेरिया यसअघि नै बाहिरिइ सकेका छन् ।

युगाण्डा विश्वकपमा छनौट भएमा पहिलो पटक छनौट हुदै नयाँ इतिहास बनाउने छ । अफ्रिकाबाट विश्वकपमा छनौट भएको नामिबिया भने यसअघि २०२१ र २०२२ मा विश्वकप खेलिसकेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय