• २०८१ बैशाख २७ बिहीबार

रणवीरको एनिमलले तोडयो शाहरुखको जवानको रेकर्ड

kharibot

काठमाडौँ । सन् २०२३ शाहरुख खानका लागि उत्कृष्ट वर्ष रह्यो किनभने उनका दुई फिल्म पठान र जवान ब्लकबस्टर भएका छन् । योसँगै यी फिल्मको रेकर्ड कुनै पनि फिल्मले तोड्न सकेको छैन । तर रणवीर कपूरको एक्शन फिल्म एनिमलले शाहरुखको रेकर्ड तोड्न  शुरु गरेको छ । 

एनिमलको भारतीय बक्स अफिर्समा दोस्रो दिन जवानलाई उछिनेको हो ।  

एनिमलले दोस्रो दिन ६७ करोड कमाई गरेको छ । यससँगै रणवीरको एनिमलले दुई दिनमा १०० करोडको कमाई नाघेको छ । दुई दिनमा एनिमलले १३०.८ करोड भारु कमाई गरेको छ । एनिमलले पहिलो दिन हिन्दीमा ५४.७५ करोड, तेलुगुमा ८.५५ करोड, कन्नडमा ९ लाख, तमिलमा ४ लाख र मलायममा १ लाख गरि कुल ६३.८ करोड भारुको ओपनिङ गरेको थियो । 

तर एनिमलले पहिलो दिन भने शाहरुखको पठान र जवानको रेकर्ड तोड्न सकेन । तर दोस्रो दिनको कमाईको मामिलामा उक्त एनिमलले जवानलाई उछिनेको छ । जवानले दोस्रो दिन ६३.५० करोड कमाएको थियो तर पठानको दोस्रो दिनको कमाई ७० करोड ५० लाख थियो । अब एनिमलको दोस्रो दिनको कमाई पठानलाई त सकेन तर जवानलाई उछिनेको छ ।

पहिलो दिन एनिमलले टाइगर–३, केजीएफ–२ र बाहुबली–२ जस्ता फिल्मको रेकर्ड तोड्दै तेस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । पहिलो दिन एनिमलले भन्दा शाहरुखका पठान र जवानको कमाई बढी थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै