• २०८१ बैशाख १६ आइतबार

महिला प्रिमियर लिग टी- २० को मिनी अक्सन आज

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले संचालन गर्ने महिला प्रिमियर लिग टी- २० को आउदो सिजनका लागि मिनी अक्सन आज हुदै छ ।

महिला प्रिमियर लिगको पहिलो सिजन मुम्बई इण्डियन्सले जितेको थियो । 

महिला प्रिमियर लिगमा कुल ५ फ्रेन्चाईजी रहेका छन् । जसमा दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, मुम्बई इण्डियन्स, रोयल च्यालेन्जर्स बैंगलोर र युपी वारियर्स रहेका छन् । 

मुम्बईमा अपरान्ह २: ४५ बजेदेखि शुरु हुने मिनी अक्सनमा १६५ खेलाडी समावेश रहेका छन् । जसमा पाँच फ्रेन्चाईजीले ९ विदेशी र २१ भारतीय गरि कुल ३० खेलाडीमाथि बोली लगाउने छन् ।

मिनी अक्सनबाट मुम्बई इण्डियन्सले ५ घरेलु र एक विदेशी खेलाडी लिने छ भने दिल्ली क्यापिटल्सले ३ घरेलु र एक विदेशी खेलाडी लिने छ । त्यस्तै गुजरात टाइटन्सले १० घरेलु र ३ विदेशी खेलाडी लिने छ भने रियल च्यालेन्जर्स बैंगलोरले ७ घरेलु र ३ विदेशी खेलाडी लिने छ । त्यस्तै युपी वारियर्सले ५ घरेलु र एक विदेशी खेलाडी लिने छ ।

महिला प्रिमियर लिगको अक्सनमा कुनै नेपाली महिला खेलाडी भने समावेश गरिएको छैन ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै