ट्रम्प र किमको भेटवार्ता रद्ध, फेरी बिग्रियो अमेरिका उत्तर कोरिया सम्बन्ध 

खरीबोट
ad

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीचको भेटवार्ता रद्ध भएको छ ।

राष्ट्रपति ट्रम्पले एक पत्र लेख्दै किमसँग हुने भेट रद्ध गरेको जानकारी दिएका हुन् । उनले यो समय भेटका लागि उपयुक्त समय नभएको भन्दै भेट नगर्ने जानकारी गराएका हुन् ।

उनले आफु किमसँग भेट्न निकै उत्सुक भएपनि किमको हालैको कडा बयानबाट अहिले भेट गर्न उचित नभएको उल्लेख गरेका छन् ।

पत्रमा ट्रम्पले किमलाई सम्बोधन गर्दै किमले आफ्नो परमाणु क्षमताको कुरा गरेको तर अमेरिकाको परमाणु क्षमता यति छकी मैले इश्वरसँग प्राथना गर्दछुकी यो कहिल्लै प्रयोग गर्ने अवसर नजुटोस् भनेका छन् ।

यसअघि उत्तर कोरियाका अधिकारी चो सन हुइले उत्तर कोरियाले अमेरिकासँग वार्ताका लागि नगिडगीडाउने र कुटनीतिक पहल असफल भएमा आफ्नो परमाणु शक्ति देखाइदिने बताएका थिए ।

यसअघि ट्रम्प र किमको आगामी जुन महिनाको १२ तारिखमा सिंगापुरमा भेटवार्ता हुने भएको थियो ।

भेटवार्ताको मिति बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत आफै जानकारी दिएका थिए । भेट बारे जानकारी दिदै ट्रम्पले आफुहरु दुवैले विश्व शान्तिका लागि यो निकै महत्वपूर्ण अवसर हुने उल्लेख गरेका थिए ।

यसअघि उतर कोरियाले बुधबार मात्र आफ्नो हिरासतमा रहेका तीन अमेरिकी नागरिकलाई रिहा गरेर वातावारण सहज बनाएको थियो ।

उत्तर कोरियाले आफ्नो हिरासतमा रहेका अमेरिकी नागरिक किम हक सोंग, टोनी किम र किम डोंगचुललाई अमेरिकी विदेशमन्त्री पोम्पेओको रोहबरमा छोडेको थियो ।

पक्राउ परेका किम डोंग चुल सन २०१५मा जासुसीको आरोपमा पक्राउ परेका थिए भने टोनी किम अप्रिल २०१७ मा जासुसीकै आरोपमा पक्राउ परेका थिए । उनि प्योंगयांग विश्वविद्यालय साइन्स एण्ड टेक्नोलोजीमा काम गर्ने गर्दथे । त्यस्तै किम हक सोंग २०१७ को मेमा उत्तर कोरी मा संदिग्ध गतिविधि गरेको आरोपमा पक्राउ परेका थिए ।
    
    

सम्बन्धित समाचार

मेलम्ची सुरुङको अन्तिम काम  ७ दशमलव ३ किमी बाँकी  

चौतारा। मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ ।  सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५

कीमसँगको भेटवार्ता मध्यावधि निर्वाचनपछि : ट्रम्प

अमेरिका । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ अनसँगको वार्ता अर्को महिना हुने अमेरिकी मध्यावधि चुनावपछि गर्ने बताएका छन् । राष्ट्रपति ट्रम्प अमेरिकी सिनेटको मध्यावधि चुनावका लागि

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीद्वारा राजीनामा

काठमाडौँ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले राजीनामा दिएकी छन्। बिबिसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलीको राजीनामा स्वीकृत गरेको  छन्।   साउथ कोरोलिनाकी पुर्व गभर्नर हेलीले आश्चर्यजनकरुपमा राजदुत पदबाट

इरानी आणविक सम्झौता स्वीकार्य छैन : ट्रम्प, हामी प्रतिबद्ध छौं : म्याँक्रो, मे

अमेरिका । संयुक्त राष्ट्रसङ्घको चालू ७३औं महासभामा इरानको आणविक कार्यक्रमको विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ । राष्ट्रसङ्घको सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्रहरुबीचमा समेत आणविक कार्यक्रमको विषयमा मतभिन्नता देखिएको


z