काठमाडौँ । साढे ३३ किलो सुन प्रकरणमा प्रहरीले तत्कालीन एमालेका मोरङका एक स्थानीय नेतालाई पक्राउ गरेको छ ।
प्रहरीले गएराती मोरङ उर्लावारीका रेवत आचार्यलाई पक्राउ गरेको हो ।
सुन प्रकरण र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेतीले अदालतमा दिएको बयानका आधारमा प्रहरीले आचार्यलाई पक्राउ गरेको हो ।
मंगलबार काठमाडौँको गौरीघाटबाट पक्राउ परेका गोरेको अहिले मोरङस्थित जिल्ला अदालतमा बयान जारी रहेको छ ।
पक्राउ परेका आचार्य सुन व्यवसायी रहेको र उनको मोरङ, उर्लावारी ६ मा सुन पसल रहेको बताइएको छ ।
सुन प्रकरण अदालतले एसएसपीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने दुई जनालाई छोडेको छ ।