• २०८१ बैशाख १५ शनिबार

ओलीलाई धनकुटामा आक्रमण प्रयास

kharibot

धनकुटा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा आक्रमण प्रयास भएको छ ।

भोजपुरको कार्यक्रम सकेर धनकुटातर्फ गइरहेका अध्यक्ष ओलीलाई एक व्यक्तिले आक्रमणको प्रयास गरेका थिए ।

अतिथि सत्कारको लाइनमा माला लगाउन उभिएका एक व्यक्तिले अध्यक्ष ओलीलाई मुक्का प्रहार गर्ने प्रयास गरेका थिए । तत्काल ओ‌लीका अंगरक्षक र एमाले कार्यकर्ताले रोकेका थिए । 

आक्रमणको प्रयास गर्ने लेगुवाका महेश राई रहेको बताइएको छ । प्रहरीले राईलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।

एमाले अध्यक्ष ओली पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा अभियानमा सहभागी छन् । उनी सोही क्रममा धनकुटा पुगेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै