धनकुटा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा आक्रमण प्रयास भएको छ ।
भोजपुरको कार्यक्रम सकेर धनकुटातर्फ गइरहेका अध्यक्ष ओलीलाई एक व्यक्तिले आक्रमणको प्रयास गरेका थिए ।
अतिथि सत्कारको लाइनमा माला लगाउन उभिएका एक व्यक्तिले अध्यक्ष ओलीलाई मुक्का प्रहार गर्ने प्रयास गरेका थिए । तत्काल ओलीका अंगरक्षक र एमाले कार्यकर्ताले रोकेका थिए ।
आक्रमणको प्रयास गर्ने लेगुवाका महेश राई रहेको बताइएको छ । प्रहरीले राईलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।
एमाले अध्यक्ष ओली पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा अभियानमा सहभागी छन् । उनी सोही क्रममा धनकुटा पुगेका छन् ।