• २०८१ बैशाख २८ शुक्रबार

सेवा लम्साल परराष्ट्र मन्त्रालयको सचिवमा बढुवा

kharibot

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयको सचिवमा सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सचिवमा बढुवा भएसँगै लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव भएकी छन् । यसअघिका परराष्ट्र सचिव भरतराज पौड्याल अवकाशमा गएपछि लम्साललाई सचिवमा बढुवा गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै