• २०८१ बैशाख १७ सोमबार

चितवनको इच्छाकामनामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

kharibot

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना मन्दिर नजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै