• २०८१ बैशाख १५ शनिबार

फोन ह्याकिङ प्रकरणमा मिरर ग्रुपविरुद्धको राजकुमार ह्यारीको जित

kharibot

लन्डन । राजा चार्ल्स तृतीयका कान्छा छोरा प्रिन्स ह्यारीले बेलायती ट्याब्लोइड प्रकाशकविरुद्ध आफ्नो फोन ह्याकिङ मुद्दामा जीत हासिल गरेका छन् । लन्डन उच्च अदालतले प्रकाशकहरूलाई ह्याकिङ पीडित राजकुमारलाई एक लाख ४० हजार ६ सय पाउन्ड क्षतिपूर्ति तिर्न निर्देशन दिएको छ ।

यस कानुनी सफलतापछि, राजकुमार ह्यारीले ‘सत्य र जवाफदेहिता’ को जित भएको प्रतिक्रिया दिएका थिए ।

लन्डन उच्च अदालतका न्यायाधीशले आफ्नो फैसलामा प्रिन्स ह्यारी बेलायती ट्याब्लोइडले गरेको फोन ह्याकिङको सिकार भएको बताउँदै राजकुमारले १ लाख ४० हजार ६ सय पाउण्ड क्षतिपूर्ति पाउने फैसला गरेका छन् ।

राजकुमार ह्यारी लामो समयदेखि कानुनी लडाइँ लडिरहेका थिए । अमेरिकामा बस्दै आएका प्रिन्स र उनकी श्रीमती मेगन मार्कल केही समयदेखि व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न मुद्दाका कारण चर्चामा छन् ।

राजकुमारलाई बेलायती राजगद्दीको पाँचौं दावेदार पनि मानिन्छ, तर राजपरिवारबाट उनको दूरी र अन्य केही मुद्दाका कारण निरन्तर चर्चामा आइरहेका छन् । लन्डन उच्च अदालतमा मुद्दा जितेका ३९ वर्षीय ह्यारीले मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन)का तीनवटा पत्रिका द मिरर, द सन्डे मिरर र द पिपलविरुद्ध गम्भीर आरोप लगाएका थिए ।

न्यायमूर्ति टिमोथी फ्यानकोर्टले आफ्नो फैसलामा ह्यारीको फोन सन् २००३ को अन्त्यदेखि अप्रिल २००९ सम्म सानो तरिकाले ह्याक भएको बताए । 

उच्च अदालतले ‘ड्युक अफ ससेक्स’ राजकुमार ह्यारीको आरोप ‘आंशिक रूपमा प्रमाणित भएको’ भनेको छ । फोन ह्याकिङसँगै सूचना सङ्कलनका लागि गैरकानूनी तरिका अपनाएको पुष्टि भएको छ ।

जस्टिस फ्यानकोर्टले भने, प्रिन्ससँग सम्बन्धित लेखहरूबाट यो स्पष्ट हुन्छ कि फोन रेकर्डिङमा भएका कुराहरू ठ्याक्कै लेखिएका छन् । यसले ह्याकिङ वा फोन वार्तालापहरू अनाधिकृत सुनेको पुष्टि गर्छ । त्यतिबेला मिरर ग्रुप भित्र फोन ह्याकिङ चलिरहेको थियो । मुद्दा झण्डै २० वर्ष पुरानो भए पनि ‘फोन ह्याकिङ’लाई मात्र पत्रकारिताको औजार मान्न सकिँदैन ।

फैसला पछि, एमजीएन ग्रुपका प्रवक्ताले फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिए । साथै उनले धेरै वर्ष अघिका घटनाक्रमले अगाडि बढ्ने बाटो खुला गरेको साथै गल्तीहरुको लागि संस्थाले निःशर्त माफी मागेको पनि प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै