• २०८१ बैशाख १६ आइतबार

बायर्न म्युनिखको जितमा ह्यारी केनको दुई गोल

kharibot

काठमाडौँ । बायर्न म्युनिखले बुण्डेसलिगा अन्तर्गत भिएफबी स्टुटगार्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले स्टुटगार्टलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखको जितमा ह्यारी केनले २ गोल गरेका थिए भने किम मिन जाइले एक गोल गरेका थिए । केनको यो दुई गोलसहित यस सिजनको बुण्डेसलिगामा उनले १४ खेलमा २० गोल पुरा गरेका छन् ।

यो बायर्न म्युनिखको यस सिजनमा ११औं जित हो । १४ खेलमा ३५ अंक रहेको बायर्न म्युनिख लिगमा दोस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको लिभरकुसेनको १५ खेलमा ३९ अंक रहेको छ ।

त्यस्तै स्टुटगार्टको भने १५ खेलमा ३१ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै