• २०८१ बैशाख १५ शनिबार

गौतम बुद्ध विमानस्थल पूर्ण सञ्चालनमा नआउनुमा केन्द्र दोषी- मुख्यमन्त्री चौधरी

kharibot

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुक संघीयतामा गए पनि प्रदेशलाई सबलीकरण गर्ने मामिलामा केन्द्र अनुदार रहेको आरोप लगाएका छन् । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्नुमा पनि केन्द्रीकृत मानसिकताको दोष रहेको उनले बताएका छन् । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा आज सरोकारवालाबीच भएको छलफलमा मुख्यमन्त्री चौधरीले संघ उदार नभएसम्म प्रदेशको सबलीकरण नहुने बताए ।  

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको आयोजनामा पर्यटन क्षेत्रका सरोकारवालाबीच भएको अन्तक्र्रियामा मुख्यमन्त्री चौधरीले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्नु केन्द्रीकृत मानसिकताको उपज भएको बताएका हुन । 

बैठकमा विमानस्थलको अवस्था र त्यसलाई पूर्ण क्षमतामा सञ्चालन गराउने सम्बन्धमा सरोकारवाला पक्षसँग छलफल भएको मन्त्रालयले जनाएको छ । 

छलफलका क्रममा गौतम बुद्ध विमानस्थल महानिर्देशक हंसराज पाण्डेले विमानस्थलको अवस्था र स्थितिका बारेमा जानकारी दिएका थिए ।  छलफलमा सहभागी निजी विमान सञ्चालकहरुले नयाँ विमानस्थलमा आफूहरुलाई जहाज सञ्चालन गर्न दिनुपर्ने धारणा राखे ।

छलफलमा मन्त्री सुदन किरातीले विमानस्थलको केही आधारभूत सुधारसहित पुर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि नीतिगत सुधारका कामहरुलाई अगाडि बढाउने बताए । 

छलफलमा पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, नेपाल उडडयन प्राधिकरणका प्रतिनिधि, मुख्य सचिव बैकुन्ठ अर्याल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, निजी क्षेत्रका  वायु सेवा सञ्चालक कम्पनीका प्रतिनिधि, लुम्बिनी प्रदेशका होटल तथा पर्यटन व्यावसायी लगायतका प्रतिनिधिहरुको उपस्थिति थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै