• २०८१ बैशाख २० बिहीबार

खुकुरी युवा क्लबको आयोजनामा तम्घासका चोकहरुमा ट्राफिक नियमका बोर्डहरु

kharibot

गुल्मी (तम्घास)। जिल्लाको रेसुङ्गा नगरपालिका ८ स्थित खानीगाउँ चोकहरुमा खुकुरी युवा कलबको आयोजनामा ट्राफिक नियमका बोर्डहरु राखीएको छ ।

तिब्र सवारी साधनलाई न्यूनिकरण गर्ने उद्देश्यले खुकुरी युवा क्लबले  चोक चोकमा ट्राफिक नियमका बोर्डहरु राखेको हो।

उक्त क्षेत्रमा रहेका रिडर्स र सिद्धबाबा माध्यमिक विद्यालयका  विद्यार्थीहरु आवत जावत गर्ने क्रममा  विभिन्न समयमा  दुर्घटनामा पर्दै आएको हुँदा यसलाई न्यूनीकरण गर्ने मद्धत पुर्याउने अपेक्षाका साथ  क्लबले सो कार्यक्रम सुर गरेको हो।

सो कार्यक्रमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तम्घास गुल्मी र कोब्रा ग्रुप ले सहयोग गरेको खुकुरी क्ल्ब परियारले जनाएको छ ।

बि.स‌. २०७९ मा स्थापना भएको सो  कल्बले बिगतमा पनि धेरै समाजिक  काममा सहयोग गर्दै  आएको र आगामी दिन हरुमा पनि थप समाजलाई सहयोग पुग्ने कार्य गर्ने कलबका सदस्य श्रीजन खडका मगरले  बताए।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै