• २०८१ बैशाख २७ बिहीबार

नेपाल–श्रीलंका संयुक्त आयोगको बैठक: द्विपक्षीय व्यापार र लगानी अभिवृद्धिमा छलफल

kharibot

काठमाडौं । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठक अहिले जारी छ । परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका समकक्षि अली साब्रीको काठमाडौंको होटल याक एण्ड यतिमा बसिरहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । 

बैठकमा नेपालको तर्फबाट मन्त्री साउदसँगै परराष्ट्र सचिव, श्रीलंकाका लागि नेपाली राजदूत, वाणिज्य, गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।

त्यस्तै, श्रीलंकाको प्रतिनिधिमण्डलमा काठमाडौंस्थित श्रीलङ्काका राजदूत र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागि रहेको बताइएको छ । 

बैठकमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, बढ्दो हावा जडान,संस्कृति, पर्यटन र शिक्षा आदानप्रदान, सार्क र बिमस्टेक प्रक्रियालाई सुदृढ गर्नेलगायत क्षेत्रीय सहयोग लगायतका एजेण्डामा छलफल भइरहेको हो ।

श्रीलङ्कामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाबारे दुई मन्त्रीबीच विचार आदानप्रदान भएको समेत भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै