• २०८१ बैशाख १७ सोमबार

विवाहको तयारीमा अरबाज खान

kharibot

काठमाडौँ । बलिउड अभिनेता-निर्माता अरबाज खानले अर्को विवाहको तयारी गरेका छन् । मिडिया रिपोर्टका अनुसार ५६ वर्षीय अरबाजले मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गर्ने योजना बनाएका छन् । यो विवाह २४ डिसेम्बरमा परिवार र नजिकका साथीहरूको उपस्थितिमा हुन लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

शूरा बलिउड अभिनेत्री रविना टण्डन र उनकी छोरी राशाको व्यक्तिगत मेकअप आर्टिस्ट हुन् । उनको आगामी फिल्म ‘पटना शुक्ला’ को सेटमा अरबाजसँग भेट भएको बताइएको छ । अरबाज अहिलेसम्म मोडल जर्जिया एन्ड्रियानीसँग डेट गरिरहेका थिए । तर, ४ वर्षसम्म रिलेसनसिपमा रहेपछि केही समयअघि उनीहरुको ब्रेकअप भएको थियो । जर्जियाले पनि आफ्नो धेरै अन्तर्वार्तामा यसको पुष्टि गरिसकेकी छिन्।

ई-टाइम्सलाई दिएको एक अन्तर्वार्तामा जर्जियाले अरबाजसँग अलग भएको बताएकी थिइन् ।

अरबाजले यसअघि सन् १९९८ मा मोडल–अभिनेत्री मलाइका अरोरासँग विवाह गरेका थिए । विवाहको १९ वर्षपछि सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । अरबाज र मलाइकाको २१ वर्षको छोरा अरहान खान छन् । हाल मलाइका फिल्म निर्माता बोनी कपूरका छोरा तथा अभिनेता अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै