• २०८१ बैशाख १५ शनिबार

धनुषामा हिरासतमा एक जनाको मृत्युपछि प्रहरी र स्थानीयबीच तनाव

kharibot

धनुषा । धनुषामा एकजनाको मृत्यु भएको विषयमा प्रहरी र स्थानीयबीच तनाव उत्पन्न भएको छ । जिल्लाको हंसपुर नगरपालिकाका ६० वर्षीय दिपा मण्डलको मृत्यु प्रहरी र स्थानीयको कुटपिटका कारण भएको विषयमा तनाव उत्पन्न भएको हो ।

हँसपुर नगरपालिका–५ सुगानिकास खरयानी टोलका मण्डलको प्रहरीको कुटपिटबाट मृत्यु भएको स्थानीयले आरोप लगाउँदै ईलाका प्रहरी कार्यालय सुगानिकास घेराउ गर्दै तोडफोड र आगजनी गरेका छन् ।

बिहीवार राति छिमेकमा झण्डा छुटाउन पुगेका दिपालाई चोरीको आरोप लगाउँदै स्थानीय शंकर ठाकुरले कुटपिट गरी प्रहरीमा बुझाएका थिए । पछि प्रहरीले पनि ईलाका प्रहरी कार्यालय सुगानिकासमा ल्याएर कुटपिट गरेका कारण उनको मृत्यु भएको स्थानीयको आरोप छ ।

शंकरले कुटपिट गरी दिपालाई प्रहरीको जिम्मा लगाएको र प्रहरीले पनि कुटपिट गर्दा उनको मृत्यु भन्दै बिहानैदेखि स्थानीयले प्रहरी कार्यालय घेराउ गरिरहेका छन् । स्थानीयले आक्रोशमा  प्रहरी कार्यालयमा ढुङ्गामुडा गर्दै २ टा मोटरसाइकलमा आगजनी गर्नुका प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । प्रहरीको गोली लागेर स्थानीय शिवशंकर मण्डल घाइते भएका छन्। उनको दायाँ हातमा गोली लागेको छ।  हाल उनको उपचार प्रादेशिक अस्पतालमा भइरहेको र अवस्था मध्यम रहेको बताइएको छ ।

तर, धनुषा प्रहरीले भने दिपाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ। झडपमा घाइते भएका दिपालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र बिहीवार नै उनको उपचारको क्रममा मृत्यु भएको धनुषा प्रंहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै