• २०८१ बैशाख १६ आइतबार

राष्ट्रपति पौडेलसँग श्रीलंकाका विदेशमन्त्रीको शिष्टाचार भेट

kharibot

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री साब्रीले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटमा विदेशमन्त्री साब्रीले श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले नेपाल भ्रमणका अवसरमा लुम्बिनी संसारको सांस्कृतिक गन्तव्यस्थल हुने बताएको स्मरण गर्दै नेपाल र श्रीलंकाबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत र व्यापक बनाउनुपर्नेमा जोड दिए । 

सो अवसरमा विदेशमन्त्री साब्रीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गराउनुका साथै दुवै देश बीच लगानीका सम्भावना बढाउन आवश्यक रहेको धारणा व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै