• २०८१ बैशाख १७ सोमबार

‘फाइटर’ को गीतमा ग्लामरस देखिए ऋतिक दीपिका

kharibot

काठमाडौँ । बलिवुड अभिनेता ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ को दोस्रो गीत रिलिज भएको छ । ‘इश्क जैसा कुछ’ नामको यो गीतमा ऋतिक र दीपिका ग्लामरस लुकमा देखिएका थिए । समुन्द्रको किनारमा छायांकन गरिएको यो गीतमा दुबैको केमेस्ट्री उत्कृष्ट देखिएको छ । 

यो ट्र्याक विशाल शेखरले कम्पोज गरेका हुन् । गीतमा विशाल, शेखर र शिल्पा रावले आफ्नो स्वर दिएका छन् । यो फिल्म भारतको पहिलो एरियल एक्शन फिल्म हुनेछ ।

यो फिल्म आसाम, हैदराबाद, जम्मु कश्मीर र मुम्बईमा छायांकन गरिएको छ । ब्रिटिश भिजुअल इफेक्ट कम्प्युटर एनिमेसन स्टुडियोमा ६ महिनासम्म फिल्मको भिएफएक्समा काम गरिएको बताइएको छ । यो फिल्म यसअघि ३० सेप्टेम्बर २०२२ मा रिलिज हुने तालिका थियो तर कोरोनाका कारण ढिला भएको थियो ।

फिल्ममा भारतीय वायुसेनाका कैडेटहरूले पनि वास्तविक जीवनमा काम गरेका छन् ।

यस अघि ‘स्पिरिट अफ फाइटर’ नामको फिल्मको टिजर १५ अगस्टमा रिलिज भएको थियो । जसमा ऋतिक, दीपिका र अनिल कपुरको एयर फोर्स अफिसर लुक्स सार्वजनिक भएको थियो । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । सिद्धार्थ आनन्दले यो फिल्म २०२१ मा घोषणा गरेका थिए ।

ऋतिक रोशन र दीपिका पादुकोण पहिलो पटक ‘फाइटर’ मा सँगै देखिदै छन् । यी बाहेक यस फिल्ममा करण सिंह ग्रोवर र अक्षय ओबेरोय पनि देखिनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै