• २०८१ बैशाख २७ बिहीबार

एमालेका सांसद कोइरीको निलम्बन फुकुवा

kharibot

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ ।

२०८० वैशाख १९ मा निलम्बनमा परेका कोइरीको निलम्बन आइतबार सभामुख देवराज घिमिरेले फुकवा गरेका हुन् ।

२०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि कोइरी फरार रहेका थिए । 

कोइरी २०७९ मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट निर्वाचित भएका थिए ।

गत मंसिर २९ मा जिल्ला अदालत महोतरीबाट कोइरीले सफाइ पाएसँगै उनले निलम्बन फुकुवाको निर्णय लिएर संसद सचिवालय गएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै