• २०८१ बैशाख १६ आइतबार

बुटवल-गोरुसिंगे सडकखण्ड विस्तारका लागि ठेक्का आहृवान

kharibot

बुटवल । बुटवल-चन्द्रौटा सडकअन्तर्गत बुटवल-गोरुसिंगे खण्ड विस्तारका लागि ठेक्का आहृवान भएको छ ।

पहिलो चरणमा पूर्व-पश्चिम राजमार्गको बुटवल-गोरुसिंगे ५० किलोमिटर सडक विस्तारका लागि ठेक्का आह्‍वान भएको हो । ठेक्का लागेको तीन वर्षभित्र निर्माण सक्ने गरी सम्झौता प्रक्रिया अगाडि बढ्ने सडक विभाग, बुटवलले जनाएको छ ।

चार वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन गरिएको सडक विस्तारका क्रममा ३० वटा साना-ठूला पुल बन्नेछन् । १५५ वटा कल्भर्ट र ६ वटा अन्डरपास र ओभरपासहरु पनि बन्नेछन् । सडक विस्तारका लागि सरकारले यस वर्ष तीन अर्ब रुपैयाँ छुट्याएको छ । बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक विस्तारमा विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय