• २०८१ बैशाख २६ बुधबार

ओस्कार विजेता फिल्म प्यारासाइट फेम अभिनेता क्युन मृत फेला

kharibot

काठमाडौँ । ओस्कार विजेता फिल्म प्यारासाइटका अभिनेता ली सुन क्युनको निधन भएको छ ।

दक्षिण कोरियाको सोलस्थित सेन्ट्रल सोल पार्कमा पार्किङ गरिएको कारबाट अभिनेताको शव फेला परेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । लागुऔषध मुद्दामा धेरै दिनदेखि अनुसन्धान चलिरहेका अभिनेता क्यूनले आत्महत्या गरेको बताइएको छ ।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार ली सुन क्युन विगत केही दिनदेखि निकै चिन्तित थिए । उनी डिसेम्बर २७ मा बिहान घरबाट निस्किएका थिए, केही समयपछि परिवारका सदस्यले घरबाटै सुसाइड नोट फेला पारेका थिए । यसबारे परिवारले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानको क्रममा, पुलिसले अभिनेताको कार केन्द्रीय सियोल पार्कमा पार्क गरेको फेला पारेको थियो । कारमा क्युनलाई बेहोस अवस्थामा प्रहरीले भेटाएको बताएको छ । प्रहरी पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो । अभिनेताको शव ड्राइभिङ सिटमा नभई यात्रुको सिटमा भेटिएको थियो ।

सुसाइड नोट र प्रारम्भिक अनुसन्धानपछि अभिनेता ली सुन क्युनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । लागुऔषध मुद्दाबाट हैरान भएर अभिनेताले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

अभिनेता ली सुन क्युन २००१ देखि कोरियाली सिनेमामा काम गरिरहेका थिए । उनको २०१९ मा आएको फिल्म प्यारासाइटले  विश्वव्यापी सफलता हासिल गरेको थियो । सो फिल्मले सर्वश्रेष्ठ विदेशी भाषाको लागि ओस्कर अवार्ड प्राप्त गरेको थियो । प्यारासाइट बाहेक, ली सन क्युनले पास्ता, गोल्डेन टाइम्स र माई मिस्टर जस्ता उत्कृष्ट फिल्महरूमा काम गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै